सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
काठमाडौं। काठमाडौं महानगरको सुर्तीजन्य पदार्थमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलाशले महानगरको मंसिर १२ को सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने काठमाडौं महानगरकाे निर्णय कार्यान्वयनमा तत्काल रोक लगाएको हो।
श्रीराम टोबाको उद्योगले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय पाण्डे र प्याकुरेलले अन्तिम निर्णय नलागेसम्म तत्काल बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
महानगरले यही मंसिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गर्दै सर्तीजन्य पदार्थमा रोक लगाउने निर्णय गरेको थियो। कच्चा सुर्ती, खैनी, गुट्खा एवं चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाएको थियो।
बुधबारदेखि महानगरले बिक्री वितरण बन्देज गर्न नगर प्रहरी टोली परिचालन गरेको थियो ।


No ads found for this position

डिसी नेपाल
Facebook Comment