पोखरामा रवि लामिछानेमाथि खोया प्रहार
पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक जनाले खोया प्रहार गरेका हुन्।
लामिछानेले सम्बोधन गरिरहेको समयमा अगाडीबाट खोयाले हानिएको सहभागीहरूले बताएका छन्। उनीमाथि खोया प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ। कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment