कालो सूचीमा परे मध्यपहाडी राजमार्गमा काम गर्ने निर्माण कम्पनी
सांकेतिक तस्वीर
काठमाडौं। मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरु कालोसूचीमा परेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गन एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
एमपी/एससीएफ/ईसीसी जेभीमा पश्चिम बंगाल भारतका आदित्य सितानी नेतृत्वको एमपी सितानी एण्ड सन्स, सूर्यबहादुर खड्का नेतृत्वको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि र सुरेन्द्रराज पौडेल नेतृत्वको एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा छन्।
यी कम्पनीलाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल राजमार्ग योजना कार्यालय पर्वतले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
साथै भूमि इन्फ्रा स्ट्रक्चर प्रालि मोरङ पनि दुई वर्षसम्मका लागि कालोसूचीमा परेको छ। भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई कालोसूचीमा राख्न पोखरा महानगरपालिकाले सिफारिस गरेको थियो । यो कम्पनीका मुख्य व्यक्ति भावेश बोहोरा छन्।
कालोसूचीमा परेकाहरुले कालोसूचीमा परेको अवधिभर कुनै पनि सार्वजनिक निकायका खरिद कारबाहीमा भाग लिन पाउँदैनन्। सार्वजनिक सूचना निकालेर उनीहरुलाई कालोसूचीमा राखेको जानकारी गराइएको हो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment