तीज गीत ‘चिलायो’ सार्वजनिक : प्रकाश सपूत र पार्वती राईको यस्तो ठुम्का

डिसी नेपाल
३० साउन २०७५ ५:०२

काठमाडौँ । नेपाली महिलाहरुको महान चार्ड तीजको समय नजिकिएसँगै विभिन्न किसिमका तीज गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका छन् भने मतिपय सुटिङका क्रममा छन् ।

यसैबीच टिका तारामी मगर र सुनिल विसीको आवाजमा रहेको तीज गीत ‘चिलायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । टिका तारामी मगरको अफिसियल युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा ‘बोल माया’गीतबाट निकै चर्चामा आएका प्रकाश सपूत र पार्वती राई फिचरिङ छन्। सुनिल विसीको लय र शब्द रहेको गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने मौसम हिमालीले निर्देशन गरेका हुन् ।

गीतमा सम्पादन प्रविन भट्टको रहेको छ भने म्युजिक एरेन्जरको रुपमा कृष्ण बिक भान्जा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *