सम्भव नेपालद्वारा गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामग्री वितरण
काठमाडौं। सम्भव नेपालले गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामग्री दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सो एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सम्भव नेपालले उपलब्ध गराएको ‘ख’ बर्गको एम्बुलेन्स स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई बिहीबार हस्तान्तरण गरिएको हो । सो क्रममा मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सको सही सदुपयोग गर्न र व्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहहरुलाई अनुरोध गरे ।
मुख्यमन्त्री पाण्डेले सम्भव नेपालका संस्थापक अध्यक्ष तथा कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीलाई सहयोगका लागि धन्यवाद दिए ।
अजिरकोटको भच्चेक आधारभुत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृती आधारभुत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्ससँगै भ्याक्सीन रेफ्रिजियर (आईएलआर) वेड सेट, हिटर, डेलिभरी वेड, स्टेचर, स्पाईनल बोर्ड, ह्वील चियर लगायतका सामग्री पनि दिइएको छ । एम्बुलेन्स र स्वास्थ्य सामग्रीसहित २ करोड ३६ लाख रुपैयाँ बजेट खर्च भएको सम्भव नेपालले जनाएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment