२८ माघमा कुमारी बैंककाे साधारणसभा
काठमाडौं। कुमारी बैंकले साधारण सभा बोलाएको छ । सभा २८ माघमा बस्ने भएको छ ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैंठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । बैंकले यो वर्ष लाभांश सभामा लाभांश वितरण नगर्ने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।
सभा प्रयोजनार्थ बैंकले ९ माघमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, ५ माघसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment