क्रोएसिया पठाउँछु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । क्रोएसिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–२ घर भएर काठमाडौं बस्ने दीपेन्द्र राई रहेका छन्।
३२ वर्षीय दीपेन्द्र राईले क्रोएसिया पठाउँछु भनेर जयराम भण्डारीसँग ५ लाख लिएपछि सम्पर्कविहीन भएका थिए। उनले पीडितहरूलाई क्रोएसिया जान ११ लाख लाग्छ भनेर प्रलोभनमा पारेर रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
आरोपीलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment