साना किसान विकास लघुवित्तको अध्यक्षमा पाठक पुनः चयन
काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।
कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गरेको छ। थोक कर्जा प्रदायक संस्थाका रुपमा यसले ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थामार्फत सेवा दिंदै आएको छ। साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत असारमा मर्जरपछिको एकीकृत कारोबार सुरु गरेका थिए।
साथै सभाले संस्थाको अध्यक्षमा खेमबहादुर पाठकलाई पुनः चयन गरेको हो। यो संस्थाको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन्। पाठकको नेतृत्वमा सभाले ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो।
सञ्चालकहरुमा बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त चयन भएका छन्। नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment