प्रधानमन्त्री क्रिकेट कपः बागमती प्रदेश र काेशीबीच प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
५ माघ २०८० ७:०४
40
Shares

काठमाडौं। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुँदैछ। आज त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुर मैदानमा बागमती प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ।

प्रतियोगितामा कोशी प्रदेशले आफ्ना सबै चार खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ। त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार व्यहाेरेकाे छ।

अहिलेसम्म पीएम कपमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन्। सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।

त्यस्तै, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३-३ खेलमा २-२ खेल जितेर ४-४ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन्।

त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अंक हासिल गरेको छ। त्यसैगरी, कर्णाली प्रदेशले आफ्ना ३ खेलमा २ जित र एक हार बेहोर्दै ४ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ भने मधेश प्रदेशले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ।

त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हर बेहोरेको छ भने गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *