इरान सरकारले भन्यो– पाकिस्तानी हमलामा नौ विदेशी नागरिक मारिए
काठमाडौं । इरानको सरकारी मिडिया इरनाका अनुसार पाकिस्तानले गरेको आक्रमणमा नौ विदेशी नागरिक मारिएका छन् ।
इरानका आन्तरिक मन्त्री अहमद वाहिदीले उक्त हमलामा तीन महिला, चार बालबालिका र दुई पुरुषको मृत्यु भएको बताए । यो हमला भएको स्थान इरानको सिमानाबाट तीन–चार किलोमिटर टाढा छ ।
यसअघि पाकिस्तानले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा अतिवादीलाई लक्षित गरी हमला गरेको दाबी गरेको थियो ।
पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, “आक्रमण भएकाहरू पाकिस्तानमा रक्तपात गराउने आतङ्कीहरू थिए र इरानको क्षेत्रहरूमा शरण लिएका थिए जहाँ त्यहाँ कोही पनि आफ्नो नियन्त्रणमा छैन।”
समाचार एजेन्सी रोयटर्सले वरिष्ठ गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘पाकिस्तानले इरान भित्रका बलुच चरमपन्थीहरूलाई निशाना बनाएको छ।’
पाकिस्तानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी हमलाहरूमा धेरै आतंककारी मारिएका छन्।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment