रुसको सेन्ट पिटर्सबर्ग सहरमा ग्यास टर्मिनलमा विष्फोटपछि भीषण आगलागी

डिसी नेपाल
८ माघ २०८० १३:२०
444
Shares

काठमाडौं । रूसको सेन्ट पिटर्सबर्ग सहरमा रहेको ग्यास टर्मिनलमा विष्फोट भएपछि आगलागी भएको खबर प्राप्त भएको छ ।

रुसी अधिकारीहरूले यो घटनाको पुष्टि गरेका छन्। राज्य समाचार सेवा आरआईए नोवोस्तीका अनुसार विस्फोटपछि ग्यास निर्यात टर्मिनलमा ठूलो आगो लागेको थियो।

यद्यपी यस घटनामा हालसम्म कुनै हताहतीको खबर आएको छैन ।

यो विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट हुनुअघि उक्त क्षेत्रमा ड्रोनहरू देखिएका थिए।

रुस र युक्रेनबीच फेब्रुअरी २०२१ देखि युद्ध चलिरहेको छ । यस युद्धमा दुवै पक्षले एकअर्काको लक्ष्यमा आक्रमण गर्न ड्रोन र मिसाइल प्रयोग गरेका छन्।

युक्रेनले सामान्यतया यस्ता आक्रमणको जिम्मेवारी लिँदैन।

रुसले फेब्रुअरी २०२१ मा युक्रेनमा आक्रमण गरेको थियो, यद्यपि पछिल्ला केही महिनामा रुसी सेनाले यस युद्धमा खासै प्रगति गर्न सकेको छैन।

आइतबार रुस नियन्त्रित सहर डोनेस्कमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । पूर्वी युक्रेनको यो सहर रुसको नियन्त्रणमा छ ।

युक्रेनले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सेन्ट पिटर्सबर्गमा आइतबार भएको विस्फोटसँग सम्बन्धित भिडियो क्षेत्रीय गभर्नर अलेक्ज्याण्डर ड्रोजडेन्कोले सेयर गरेका छन्। त्यसमा आगो बलिरहेको देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *