सुनको भाउ आज चौथो दिन पनि स्थिर
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ भने चाँदीको मूल्य भने बढेको छ। सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment