विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारी कुटिएको विषयमा छानबिन गर्न समिति गठन
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment