नेपाली नेताको चरित्र : राजनीति स्वदेशी, सन्तान मोह विदेशी

शरद रिजाल
१५ माघ २०८० ७:०९
80
Shares

काठमाडौं। नेपालका समकालीन दलका नेताहरुले राष्ट्रवादी देखिने होडबाजी गर्दै आफ्ना सन्ततिको भविष्य विदेशमा सुनिश्चित गरेर स्वदेशमा राजनीति गर्ने प्रवृत्ति सतहमा आएको छ।

मुलुकमा लामो समय राजनीति गरेर जीवनको उत्तरार्धमा आफ्ना सन्ततिको भविष्य विदेशमा सुरक्षित गर्न कतिपय नेता लागेको चर्चा अहिले निकै चुलिएको छ।

आफ्नो मुलुकमा आफ्नै सन्तानको भविष्य नेपालमा नदेख्ने नेताहरुबाट अन्य नागरिकका समस्याको के चासो? यिनीहरुको राजनीति फगत जीवीकोपार्जन गर्ने व्यावसायिक पेशाका रुपमा अंगाल्दै आम नागरिकलाई दिग्भ्रमित तुल्याउँदै बाचुञ्जेल स्वार्थपूर्ति गनैृ चेष्टामात्रै त होइन? भन्ने संशय केही परिघटनाले उत्पन्न गराएको छ।

सिद्धान्तमा राष्ट्रवादी, भाषणमा देशभक्त देखिन तछाडमछमड गर्दै मुलुक बनाउन अहोरात्र खटेको दाबी गर्ने नेताहरुका आफ्नै सन्तानको भविष्य बाह्य मुलुकमा देख्नुले उनीहरुबाट के अपेक्षा गर्ने? यस्ता गम्भीर प्रश्न पछिल्ला उद्घाटित केही घटनाले दर्शाएको छ।

मुलुक र जनताका लागि राजनीति गरेको दाबी गर्ने नेताहरुले आफ्नो सन्तानको भविष्य स्वदेशमा सुनिश्चित नदेखेर विदेशमा व्यवस्थापन गर्ने प्रवृत्ति यसअघि नै सतहमा आएको हो।

यसअघि माओवादीका अधिकांश नेताहरुका सन्तान अमेरिकामा रहेको विषय सार्वजनिक भइसकेको थियो। अन्य दलका अधिकांश नेताका सन्तान पनि अध्ययन तथा रोजगारीकै लागि विदेशी भूमिमा छन्।

यद्यपि अध्ययन अध्यापनका लागि विदेश गएर ज्ञान सीप आर्जन गरी फर्किएर स्वदेशको सेवामा प्रयोग गर्नु स्वागतयोग्य काम हो।

उतै सेटलको बहानामा स्वदेशप्रति कुनै दायित्वबोध नगरेरै विदेशी नागरिक बन्न उद्दत नेपाली नेताका सन्तानको कार्य भने सामान्य विषय होइन।

उनीहरुले भनेको त्याग र राजनीतिक उपलब्धीले किन आफ्नै सन्तानलाई आकर्षित गर्न सकेन? या उनीहरु स्वयंले मुलकमा भविष्य नदेखेरै सन्तानलाई विदेश पलायन गराएका होइनन्? त्यसो भए उनीहरुले आजीवन राजनीति गरेर मुलुकलाई आफ्ना सन्तान बस्न अयोग्य एवं भविष्य असुरक्षित बनाउने भागीदार यिनै नेताहरु होइनन्?

कसैको व्यक्तिगत रुचिमाथि बलजफ्ती गरिनु उसको वैयक्तिक स्वतन्त्रताको हनन हो। आफ्नो सहजताका लागि जो जहाँ सुकै जान छुट छ। कसैलाई जर्बजस्ती उसको स्वतन्त्रता विपरित कुनै निश्चित स्थानमा बस्न बाध्य बनाइनु न्यायसंगत हुँदैन।

तर मुलुकको राजनीतिमा जीवन बिताएका नेताहरुले आफ्नो सन्तानले भविष्य देख्ने मुलुक बनाउन किन सकेनन्, आफ्ना सन्ताानहरुप्रति स्वदेशमोह जगाउन नसक्नु् उनीहरुकै कमजोरी पनि हो।

यसको गम्भीर समीक्षा गरिनुपर्छ र यसको जवाफदेही नेताहरु बन्नैपर्छ। सन्तानको विदेश मोह मुलुकप्रति ती नेताको अविश्वास र आफ्ना सन्तानको भविष्य स्वदेशमा नदेखेको स्वीकारोक्ति हो।

उनीहरुले भनेको त्याग र राजनीतिक उपलब्धीले किन आफ्नै सन्तानलाई आकर्षित गर्न सकेन? या उनीहरु स्वयंले मुलकमा भविष्य नदेखेरै सन्तानलाई विदेश पलायन गराएका होइनन्?

त्यसो भए उनीहरुले आजीवन राजनीति गरेर मुलुकलाई आफ्ना सन्तान बस्न अयोग्य एवं भविष्य असुरक्षित बनाउने भागीदार यिनै नेताहरु होइनन्? कतिपय नेताहरुका कारण यी र यस्ता प्रश्न निकै पेचिलो रुपमा राजनीतिक दलप्रति उठ्ने परिस्थिति सिर्जित भएको छ।

हालसालै नेताहरुले सन्तान पठाउने मात्रै होइन, जन्माउने थलो समेत विदेशी मुलुक बनाउन लालायित भएको नयाँ तथ्य बाहिरिएको छ।
चलचित्र अभिनेत्री तथा निर्माता रेखा थापाको अमेरिका यात्राले यो विषय पछिल्लो समय पेचिलो रुपमा बहसमा आएको हो।

राप्रपाकी नेत्रीसमेत रहेकी थापा आफू गर्भवती रहेको समयमा सन्तान जन्माउन अमेरिका उडिन्। उनको सन्तान जन्माउन अमेरिका उडानले नेपाली राजनीतिमा सर्वत्र चर्चा भयो। उनीसँगै यस्तो प्रवृत्ति नेता पनि रहेको रहस्योद्घाटित गरेको छ।

मुलुकमा सन्तानको भविष्य नदेख्ने नेत्रीले किन राजनीति रोजी होलिन् भन्दै मानिसहरुले आशंका व्यक्त गरे। उनी गत निर्वाचनमा राप्रपाबाट मोरङ ३ मा उम्मेदवार बनेर पराजित भएकी हुन्।

यता उनको सन्तान जन्माउन अमेरिकी यात्रालाई लिएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सन्तान समेत स्वदेशमा नजन्मियोस् भनेर रेखा अमेरिका उडेको टिप्पणी गरेका थिए।

उनले नेपाल प्राज्ञिक परिषद्को शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले रेखा थापाप्रति कटाक्ष गर्दै सन्तानलाई विदेशी नागरिक बनाउन अमेरिका पुगेको बताएका थिए।

आफ्नो सन्तान जन्माउन समेत विदेशी भूमि राज्नुपर्ने अवस्था एक आमालाई कसरी आयो भन्दै उनले अहिलेको नेपाली राष्ट्रियताको चित्रण गरेका थिए।

अमेरिकाको जन्मशिद्ध नागरिक बनाउनैका लागि थापाले सन्तान जन्माउन अमेरिकी भूमि रोजेकी हुन्। त्यहाँको कानुन अनुसार जन्मको आधारमा नागरिकता प्राप्त गर्ने हुँदा अमेरिका सन्तान जन्माउन पुगकी हुन्।

आफ्नो अमेरिका प्रस्थानको विषयमा टिप्पणी गरेपछि अभिनेत्री थापाले लिङ्देनको टिप्पणीको प्रतिवाद गरेकी छिन्। उनले आफ्ना सन्तान अमेरिकामा राखेर राष्ट्रवादको गफ नहाँक्न सामाजिक सञ्जालमार्फत चुनौती दिएकी छिन्।

उनले लेखेकी छिन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थियो !!अमेरीकामा किन राखेको?’

नेता लिङ्देनलक्षित थापाको यस टिप्पणीबाट उनका सन्तान पनि अमेरिकामै छन्। तर अरुलाई देखाएर राष्ट्रवादको गफ हाँकिरहेका छन्।

उनले यसबारेमा थप स्पष्ट पार्दै ट्विट गरेकी छिन्, ‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि बिरालाहरु खाँबो कोतर्दै छन रे त! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि?’

अभिनेत्री थापाले उल्लेख गरे अनुसार हिन्दुराष्ट्र पुनस्र्थापना मूल मुद्दा बनाएका लिङ्देनले स्वयम् आफ्नै सन्तानलाई मिशिनरी स्कूलमा पढाएर छोरीलाई अरिकामा अध्ययन गराएका छन्।

योसँगै नेपालको राजनीतिमा जीवनको सम्पर्ण समय अर्पण गरेका वामपन्थी नेता नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक समेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम पनि आफ्नी बुहारीलाई लिएर अमेरिका केही समय अघि उडेको रहस्य बाहिरिएको छ।

यसको खुलासा पनि शनिबार राप्रपा अध्यक्ष लिङ्देनले प्राज्ञिक परिषद्को कार्यक्रममा गरेका थिए। नेता गौतम चार पटक उप्रप्रधानसहित गृहमन्त्री भएका व्यक्ति हुन्।

लिङ्देनका अनुसार उनी पनि आफ्ना छोराबुहारीका सन्तान (आफ्नो नातिनातिना) को भविष्य नेपालमा नदेखेरै अमेरिकामा सुत्केरी गराएका हुन्।

नेपालको राजनीतिमा लामो त्याग गरेको बताउने गौतमले पटक गृहमन्त्री बनेर मुलुक बनाउने झुठो आश्वासनमात्रै दिए? होइन भने उनका कार्यले मुलकुलाई के दियो? आज आफ्नो सन्तान पनि बसन अयोग्य बन्ने परिस्थितिको उपज को हो?

उनको राजनीतिक ध्येय स्वदेशमा राजनीति गरेर अर्थोपार्जन गर्दै सन्तानको भविष्य विदेशी भूमिमा सुरक्षित गर्नका लागि थियो? पटक पकट नेपाली जनताले तिरेको करको पैसाले सेवासुविधा आर्जन गर्दै नीतिगत तहमा रहेर काम गरेका उनले मुलुकका लागि के गरे?

आज आफ्ना सन्तान पनि नेपाली नागरिक नहोउन् भनेर विदेशी मुलुकमा जनमशिद्ध नागरिक बनाउन मरिहत्ते गर्ने गौतमसँग यसको जवाफ नेपाली जनताले समयक्रममा अवश्य खोज्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *