क्यासिनोमा अनलाइन जुवा खेलाएको आरोपमा तीन जना पक्राउ

डिसी नेपाल
१९ माघ २०८० १२:०७
28
Shares

काठमाडौं। प्रहरीले क्यासिनोमा अनलाइन जुवा खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौ परिसरको टोलीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको भएपनि सार्वजनिक गरिसकेको छैन । उनीहरु अनलाइन जुवा खेलाउन संलग्न रहेको प्रहरीको आशंका रहेको छ।

प्रहरीले यो विषयमा केही बेरपछि थप जानकारी दिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *