प्रेस चौतारीले सार्वजनिक गर्यो पुरस्कृत हुने ६ जना पत्रकारको नाम
काठमाडौं। प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ ।
चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा स्मृतिसहित ६ वटा पुरस्कार प्रदान गर्ने गरेको छ । सार्वजनिक नामावलीअनुसार यसवर्ष हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिने भएको छ ।
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्ववरिष्ठ उपाध्यक्ष माधव नेपाललाई, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट जनताटाइम्सका सम्पादक यसिमा महतलाई, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारका लागि फणिदेव महतलाई, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी र सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिने चौतारीले जनाएको छ।
वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहेको समितिले पुरस्कृत पत्रकारको नाम चयन गरेको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment