चेपाङ बस्तीमा स्वास्थ्य शिविर, एक सय १२ जना लाभान्वित
फाइल फोटो
तनहुँ। व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो।
शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोटर्याक्ट त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग थियो।
स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज विमलीले जानकारी दिए।
शिविरबाट चेपाङ बस्तीका एक सय १२ जना लाभाविन्त भएका छन्। सो अवसरमा जनरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दाँतसम्बन्धी विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो। शिविरमा स्वास्थ्यपरीक्षणका साथै निःशुल्क औषधि प्रदान गरिएको थियो भने निःशुल्क मधुमेह परीक्षण र रक्तसमूह पहिचान गरिएको विमलीले जानकारी दिए।
क्लबले एक घर, एक फस्ट एड किट अभियान अन्तर्गत ४६ परिवारलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले बताए।
शिविरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले चेपाङ समुदाय चेतनाकोस्तरमा धेरै पछाडि रहेकाले उनीहरुको स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने जनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment