पाल्पामा श्रमान‍्–श्रीमतीसहित तीन जना मृत फेला

डिसी नेपाल
२२ माघ २०८० २१:४७
172
Shares

तानसेन । पाल्पामा तीन जना मृत फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्।

मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घरको विस्तरामा र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

यस्तै, रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *