गुठीसम्बन्धि विधेयक कुनै पनि हालतमा पारित हुँदैन : देउवा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठीसम्बन्धि विधेयक कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन्।
सभापति देउवाले नेपालको सस्कृति, सभ्यता र संस्कारसँग प्रत्यक्ष जोडिएको सो विधेयकविरुद्ध जनता स्वतःस्फुर्त रुपमा उत्रेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि त्यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने पनि स्पष्ट पारे।
नेपाल सांस्कृतिक संघले शुक्रबार हेटौडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग विधेयक पनि सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याएको भन्दै मान्य नहुने पार्टीको अडान दोहोर्याए।
सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकाले आफ्नो पार्टीले विरोध गरिरहनु परेको पनि स्पष्ट पारे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment