मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध : स्वास्थ्यमन्त्री बस्नेत

डिसी नेपाल
२५ माघ २०८० १४:२१
68
Shares

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

बिहीबार ललितपुरको लगनखेलमा रहेको मानसिक स्वास्थ्य अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन गर्दै मन्त्री बस्नेतले मानसिक स्वास्थ्य समस्याका कारण अहिले मृत्युवबरण गर्नेको संख्यामा बृद्धि भइरहेको भन्दै मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

उनले समयमा नै मानसिक स्वास्थ्य समस्याको उपचार हुन सके थप समस्या झेल्न नपर्ने जिकिर गरे। मन्त्री बस्नेतले युवाहरुलाई समयमा नै परामर्श दिन सके मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सकिने बताए।

उनले स्वदेशमा नै नर्स र डाक्टर पढाउँदै दक्ष जनशक्ति उत्पादन गर्न सकिने र बेरोजगारीको संख्या घट्ने उल्लेख गरे। स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न खोज्दा आफ्नो विरोध भएको र राजीनामा माग्ने समेत काम भएको उनले बताए।

मन्त्री बस्नेतले कसैले विरोध गरेकै कारण स्वास्थ्य क्षेत्रको सुधारको काम नरोख्ने स्पष्ट पार्नुभयो । मानसिक स्वास्थ्य अस्पताल, सिविन नेपाल र फोरट नर्वेको सहकार्यमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *