एमालेलाई समर्थन गरेपछि राप्रपामा विवाद, अनुशासन र कार्यसम्पादन समितिको बैठक बस्दै

डिसी नेपाल
४ भदौ २०८३ १०:०२

काठमाडौं। बागमतीको मुख्यमन्त्रीमा दाबि पेश गरेका एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपामा विवाद बढेको छ।

केन्द्रको निर्देशन विपरित प्रदेश संसदीय दलले एमालेलाई समर्थन गरेपछि केन्द्र र संसदीय दलबीच विवाद भएको हो।

केन्द्रले यसअघि नै संसदीय दललाई निर्देशन दिदै कुनै पनि सरकारलाई समर्थन नगर्न निर्देशन दिएको थियो। तर संसदीय दलका नेता उद्धव थापाले एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कारवाहीको चेतावनी दिदै प्रदेश प्रमुखलाई राप्रपाको समर्थन नरहेको पत्र समेत पठाएका छन्।

यसै विषयमा छलफल गर्न राप्रपाले आज बिहान ११ बजे अनुशासन समितिको बैठक र १२ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्। बुधबारनै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई १२ घण्टाभित्र स्पष्टिकरण पेश गर्न समय दिएको छ।

अर्कोतर्फ संसदीय दलका नेता उद्धव थापाले भने राप्रपाको समर्थन यथावत रहेको दोहोराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *