बैंकिंग क्षेत्रका समस्या समाधान गर्न संशोधित बिधेयक ल्याइएको होः अर्थमन्त्री डा महत

डिसी नेपाल
६ फागुन २०८० १७:०२
32
Shares

काठमाडौं।अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक बितिय संस्था सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न बैकिंग कसुर तथा सजाय(दोश्रो संशोधन) विधेयक ल्याइएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले चेक अनादारमात्रै नभइ समग्र बैंकिंग क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधित बिधेयक ल्याइएको बताएका हुन्।

उनले विधेयकमा बैंकिंग कसुरको सजायलाई व्यवस्थीति र निरुत्साहित गर्ने व्यवस्था राखिएको जानकारी दिए। विधुतीय आर्थिक अपराधलाई नियन्त्रण गर्न मन्त्रिपरिषद्बाट अघि बढाएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)  संसदमा पेश गर्न लागिएको बताए।

यस विधेयकमा समेटिन नसकिएका बिषयलाई बाफिया ऐनमा समावेश गरिने उनले बताए।

बैठकले बैकिंग कसुर तथा सजाय(दोश्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *