कालीकोटको रास्कोटमा विवाहका लागि वडाको सिफारिस अनिवार्य
कालीकोट। कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो।
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरुको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह घटाउन सहयोग पुग्ने वडाध्यक्ष दिनेश सन्ज्यालले बताए।
“उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम लागु गरेका छौँ ।” उनले भने,“जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ ।”
वडाको नियम उल्लंघन गरेमा कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता वडाध्यक्ष सन्ज्यालले व्यक्त गरे।
“कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।” उनले भने,“त्यसको व्यवहारिक कार्यन्वयनका लागि सिफारिसलाई अनिवार्य बनाएका हौं।”
बालविवाह हुननदिन लागि विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्न ज्योतिष र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर चेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको वडाध्यक्ष सन्ज्यालले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment