सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
८ फागुन २०८० ११:५७
72
Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।

सोमबार पनि सुन सोही भाउमा खरिदबिक्री भएको थियो। यसअघि लगातार ३ दिन देखी सुनको भाउ क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *