नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री खुला
काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ।
यसमा २० लाख कित्ता सेयरमा पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ।
यस सेयरमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेहुन्छ । आवेदकहरुले चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ ।
आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment