चन्द्रागिरीमा हिउँ पर्यो (फोटोफिचर)
काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा हिँउ परेको छ। बिहिबार साँझ राजधानीमा वर्षा भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो।
वर्षासँगै काठमाडौंमा चिसो पनि बढेको छ। उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।
मौसमविद शान्ति कँडेलका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना रहेको उनले बताइन्।

तस्वीर: चन्द्रागिरी हिल्स
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment