थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार

डिसी नेपाल
११ फागुन २०८० १७:१३
280
Shares

काठमाडौं। काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन्।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ।

बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन्।  दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *