मन्त्रिपरिषद् बैठक: बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

डिसी नेपाल
१४ फागुन २०८० १८:२४
96
Shares

काठमाडौं। सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरि सिफारिस गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गरी फाल्गुन २० गतेभित्र सिफारिस गर्न कानुनमन्त्री धनराज गुरुङ र ऊर्जाशक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । समितिले प्रतिवेदन अध्ययन गरि कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले कार्तिक १७ गते भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको उनले बताइन्। त्यस्तै बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरहथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फाल्गुन १६ गतेदेखि फाल्गुन मसान्तसम्म म्याद थप गर्ने निर्णय समेत गरेको उनको भनाइ छ। मन्त्रिपरिषद्ले चितवनको भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई प्रदान गर्ने अन्तराष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *