माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ। अहिले बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा जनपरिचालन लगायत विषयमा गर्न छलफल हुनेछ ।
पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार यसअघि आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनबारे आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।
आजको बैठकमा आगामी चैत १ गतेदेखि सञ्चालन गरिने तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियानबारे छलफल हुनेछ ।बैठकमा सरकारका काम कारबाही, मिटरब्याज र सहकारी पीडितका समस्या लगायत समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment