युनाइटेड इदी मर्दीले लाभांश वितरण गर्दै, कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं। युनाइटेड इदी मर्दीले यसपटक सेयरधनीलाई लाभांश वितरण गर्दैछ।
कम्पनीले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) कुल ५.७८९ लाभांश वितरण गर्ने भएको हो। यता, कम्पनीले लाभांश पारित गर्न बिहीबार फागुन १७ गते वार्षिक साधारण सभा बस्ने भएको छ।
सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश वितरण हुनेछ।
यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment