आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। यसअघि सोमबार पनि सुनको भाउ सोही रहेको थियो। यता, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४ डलरमा र चाँदी प्रतिऔंस २२.८४ डलरमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment