भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षतिः केपी ओली

डिसी नेपाल
१५ फागुन २०८० १५:०९
36
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पणपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष ओलीले यो दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले संगीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गरे।

उनलाई श्रद्धाञ्जलि दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा लगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो।

प्रतिष्ठानमा श्रद्धाञ्जलि अर्पण कार्य जारी छ। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत संगीत क्षेत्रमै छन्। नेपाली सुगम संगीतमा महत्वपूर्ण योगदान दिएका आचार्यले चार सय बढी गीतमा स्वर तथा संगीत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *