चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको छ: प्रधानमन्त्री (भिडियो)

डिसी नेपाल
१६ फागुन २०८० १३:३७
16
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको बताएका छन्।

बुधबार काठमाडौंमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी समापन गर्दै प्रधानमन्त्री प्रचण्डले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको र यसका लागि कलाकारहरुले ठूलो योगदान गरेको बताए।

नेपाल प्राकृतिक रुपले अन्त्यन्त सुन्दर र मौलिक भएकाले चित्रकलामय जस्तै रहेको उनले बताए। त्यसमा पारखीहरुले ठोस आकार दिएर चित्रकलामा रुपान्तरण गरेपछि त्यसले दिन सन्देश निकै शक्तिशाली हुने प्रधानमन्त्रीको भनाइ छ ।

नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु राखिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *