नेविसंघ संस्थापनइतर समूहले माग्यो अध्यक्ष शेर्पाको राजीनामा

डिसी नेपाल
१६ फागुन २०८० १७:३५
36
Shares

काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका संस्थापनइतर समूहले अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ।

दुई दिन काठमाडौंमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ संस्थापनइतर समूहले अध्यक्ष शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लामा मनोमानी ढंगले जिल्ला अध्यक्षको जिम्मेवारी दिने काम गरेको भन्दै राजीनामा माग गरको हो।

उनीहरुले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सबै निर्णय खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले जानकारी दिइन्। उनले नेविसंघ अहिले जटिल परिस्थीतिबाट गुज्रीरहेको बताइन्। व्यक्तिगत स्वार्थका कारण देशभरी संगठनलाई धराशायी बनाउँदै लैजाने अवस्था भइरहेकोप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गरिन्। उनले विधिविधान विपरित अध्यक्षले गरेको कामलाई सचेत गराउने काम मात्रै गरेको बताइन्।

आफ्नो पक्षले बारम्बार छलफलका लागि बोलाउँदा पनि अध्यक्ष नआएको, आफुखुसी ढंगले कार्यक्रम गर्दै हिडेको संस्थापनइतर समूहको आरोप छ। संस्थापनइतर समूहले अध्यक्ष शेर्पाबाट अब संगठन अघि नबढ्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *