नेकपा एसले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने {भिडियो}
काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयीक राजनीतिक, पार्टीको आन्तरिक लगाएतका बिषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग अलग सोच नरहेको र सवैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रुप दिनका लागि बिभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए।
दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चूनौति, रुपरेखा लगाएतका बिषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment