राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय भएको छैनः प्रधानमन्त्री दाहाल

डिसी नेपाल
१७ फागुन २०८० १८:३०
72
Shares

काठमाडौं। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताएका हुन्।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सक्ने आफुले केहि समयअघि बताएपनि अहिले घटनाक्रमहरु भिन्न तरिकाले अघि बढेको उनले बताए।

उहाले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको धारणा राखे। त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धको बारेमा बेमौसमको बाजा लगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ।

उनले भरतपुर विमानस्थल विस्तार गर्नका लागि संघीय सरकारबाट प्रक्रियागत सबै निर्णय भइसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.