मिटरब्याज पीडितहरुले निकाले सिट्ठी जुलुस

डिसी नेपाल
१७ फागुन २०८० १९:०४
20
Shares

काठमाडौं। विभिन्न माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले सिट्ठी जुलुस निकालेका छन् ।

मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिको अगुवाईमा उनीहरुले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका हुन्।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।

न्याय मार्च गर्दै काठमाडौ आएका मिटरब्याज पीडित र सरकारबीच दुईपटक वार्ता भएपछि निष्कर्षमा भने पुग्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *