लुम्बिनी प्रदेश सभाः हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दै

डिसी नेपाल
१८ फागुन २०८० ७:४९
16
Shares

दाङ। लुम्बिनी प्रदेशको हिउँदे अघिबेशनको पहिलो बैठक आज बस्दैछ। तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

सरकारले हिउँदे अधिवेसनमा स्थानीय तहको निजामती कर्मचारी विधेयक लगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ। लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखी वस्न सकेको थिएन। लामो समय पछी प्रदेश सभाको तेस्रो अधिवेसनको पहिलो बैठक बस्न थालेको हो।

प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु काम बिहिन बनेका थिए। दुई वटा अधिवेसनमा ३५ वटा बैठक सम्पन्न भएका थिए। ५७ घण्टा ३३ मिनेट छलफल हुदा प्रदेशसभाले मुल विधेयक एउटासहित जम्मा चार वटा विधेयक पारित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *