रास्वपाका सांसद अर्यालले भने- सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भयो

डिसी नेपाल
१८ फागुन २०८० १३:५८
32
Shares

काठमाडौं। रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य  ठप्प भएको आरोप लगाएका हुन् ।

सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा अहिले दैनिक करिब डेढ करोड रुपैयाँ जरिबाना तिर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *