डिजिटल नेपालको सपना साकार बनाउनु पर्छ : मन्त्री बस्नेत
काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सवै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनु पर्ने बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सवमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सवै मिलेर डिजिटल नेपालको उद्घोष र संकल्पलाई सफल बनाउनुपर्ने बताएका हुन्।
उनले दूरसञ्चार सेवालाई भरपर्दो र विश्वश्नीय तथा गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने बताए। मन्त्री बस्नेतले मुलुकमा सामू देखिएको चुनौतीहरुलाई अवसरको रुपमा लिएर अघि बढ्नुपर्ने बताए।
सूचना मार्गको विस्तारलाई तीव्रता दिनुपर्ने भन्दै उनले यसमा देखिएको समस्या छिटै हल गर्नुपर्ने उनले बताए। उनले दूरसञ्चार क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले व्यवस्थीत बनाउनुपर्ने उल्लेख गरे।
त्यस्तै उनले दूरसञ्चार क्षेत्रलाई नियमन गर्न प्राधिकरणलाई देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहको बताए।







डिसी नेपाल







Facebook Comment