प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षी मोदीको फोन- नेपाललाई सम्भव सबै सहायता दिन तयार छौँ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गरेका छन्। रसुवा बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग समवेदना प्रकट गरेका हुन्।
टेलिफोन संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अहिलेको यो कठिन घडीमा भारतका जनता नेपाली नागरिकहरूको साथमा रहेको बताएका छन्। प्रधानमन्त्री शाहसँगको कुराकानीपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै मोदीले नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग भारत ऐक्यबद्धताका साथ उभिएको उल्लेख गरेका छन्।
संकटको यस समयमा नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ।
साथै, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिन भारतीय अधिकारीहरूले नेपालका सरकारी अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको पनि भारतीय प्रधानमन्त्री मोदीले जानकारी गराएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment