शेयर बजारमा सर्किट, कारोबार रोकियो

डिसी नेपाल
२१ फागुन २०८० ११:४८
72
Shares

काठमाडौं। राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ।

आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अंक अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ।

कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ। कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *