ग्लोबल आइएएमइको सस्तो घर कर्जा, ब्याजदर ‘सिंगल डिजिट’मा, १० वर्षसम्म ब्याजदर नबढ्ने

डिसी नेपाल
२२ फागुन २०८० १३:५५
104
Shares

काठमाडौं । ग्लोबल आइएमइ बैंकले एकल अंकमा स्थिर ब्याजदर लिने गरी घर कर्जा योजना ल्याएको छ । यो योजनाको ब्याजदर अहिले वित्तिय संस्थाहरुले उपलब्ध गराउने घर कर्जामध्ये सबैभन्दा सस्तो मानिएको छ । ग्लोबल आइएमइले ९.९९ प्रतिशत स्थिर ब्याजदरमा १० वर्ष अवधिका लागि १२ करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।

ग्लोबल आइएमइ बैंकको यो कर्जा न्यूनतम १० वर्ष अवधिको लागि पाइनेछ । जसको अर्थ बै.कले यो कर्जा लिएका ऋणीहरुका लागि कम्तीमा १० वर्षसम्म ब्याजदर बढाउने छैन । बढी अवधिका लागि ऋण लिनेहरुका हकमा पनि ऋण अवधिभर ब्याजदर बढ्ने छैन तर बढी अवधिको कर्जाको ब्याजदर फरक हुन सक्छ । यद्यपि यो स्थिर ब्याजदरमा ऋण लिनेहरुका लागि मात्र लागू हुनेछ ।

यसबाहेक यही कर्जा फ्लोटिङ ब्याजदरमा पनि लिन सकिन्छ । फ्लोटिङ ब्याजदर भने बजारको अवस्थाका आधारमा परिवर्तन हुन सक्छन् । यी ब्याजदरहरु बढ्न वा घट्न पनि सक्छन् जुन बजारको अवस्थामा निर्भर हुनेछ । अरु बैंकको ब्याजदर दोहोरो अंकमै रहेका बेला ग्लोबल आइएमइ बैंकले घर कर्जाको ब्याज दर ९.९९ प्रतिशतमा झारेको हो ।

बैंकले अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरि निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको जनाइएको छ । विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले समेत आफ्नो ऋण सार्न पाउने छन् ।

विशेष घरकर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षे अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत ब्याजदरमा र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घरकर्जा लिन पाउनेछन् । यो सुविधा देशभरका बैंकका शाखाबाट लिन सकिनेछ । ग्राहकलाई छिटो–छरितो एवं सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यअनुरुप आवश्यक कागजात पेस गरेको १२ घण्टाभित्र कर्जा प्रवाह गरिने बैंकले बताएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सगैं, ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *