नयाँ गठबन्धन भत्काउन कांग्रेस सक्रिय : माधव नेपाल सकारात्मक भएको दाबी

डिसी नेपाल
२३ फागुन २०८० ११:४७
208
Shares

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ।

वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबीच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।

सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन्।

परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको  छ। कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको र छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी भएकाे जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.