प्रतिपक्षमा पुगेका कांग्रेसले बोलायो संसदीय दलको बैठक

डिसी नेपाल
२३ फागुन २०८० १३:१५
84
Shares

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक भोलि बस्दैछ।

बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलीका लागि दलको बैठक बोलाएको हो। बैठक बिहान ९ बजे बस्नेछ।

सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा भोली हुने संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय हिजो गरे पछि संसदमा खेल्ने भुमिकाका बारेमा सभापति देउवाले थप निर्देशन दिने बुझिएको छ।




प्रतिक्रिया

One thought on “प्रतिपक्षमा पुगेका कांग्रेसले बोलायो संसदीय दलको बैठक

  1. बिगतमा गरिएको सत्ता का लागि अाफ्नै पार्टीका कार्यकर्ता माथि काे दमन ,पार्टी ले गरेको निस्कासन र अभद्र ब्यबहर बाट कांग्रेस सुदृढीकरण तर्फ लागेको राम्रो ,सत्ता स्वार्थका लागि अाफ्नै पार्टीका कार्यकर्ता तथा मतदातालाई जबर्जस्ती फरक कित्तामा मतदान गर्न लगाउने सेरबहादुर कांग्रेस काे रणनीति अहिले का युवा पुस्ताले सच्याउनु अनिवार्य देखिन्छ ,नत्र कांग्रेस फेरि सिला खाेज्ने दिसा तर्फ देखिनेछ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *