विगतमा प्रचण्डले जसलाई हटाए, ओलीले तीनैलाई मन्त्री बन्न पठाए

डिसी नेपाल
२३ फागुन २०८० १६:४२
552
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको सरकार नेकपा एमालेले पुरानै मन्त्रीहरू दोहोर्‍याउने भएको छ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको सहमति अनुसार गठन भएको सरकारमा सहभागी भएका अधिकांश नेताहरूलाई नै एमालेले पुनः मन्त्रीमण्डलका लागि पठाएको हो।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन गरे पछि उनीहरू सरकार छाडनु परेको थियो, यसअघि प्रचण्ड सरकारमा भएका मध्ये विष्णु पौडेल (अर्थ मन्त्री) र बिमला राई (परराष्ट्र मन्त्री) भने दोहिरिएका छैनन्। यसअघि पौडेलले प्रचण्ड सरकारमा एमालेको तर्फबाट पौडेलले नेतृत्व गरेका थिए भने यसपटक रघुवीर महासेठले गर्ने भएका छन।

जसअनुसार एमालेले पुरानै अनुहारमा पदम गिरी (कानुन न्याय तथा संसदीय मामिला), हरि उप्रेती (रक्षा), भगवति चौधरी (महिला बालबालिका), राजेन्द्र राई, (खानेपानी), दामोदर भण्डारी (उद्योग), ज्वालाकुमारी साह (कृषि) र बलराम अधिकारी (भूमि व्यवस्था) मन्त्रालयको जिम्मेवारी पाएका छन। अधिकारी भने नयाँ अनुहार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.