सरकारी जग्गा हडप्नेलाई कारबाही गर्ने गृहमन्त्री रवि लामिछानेको निर्णय
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय गरेका छन्।
सपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर कार्यभार सम्हालेका मन्त्री लामिछानेले न्याय र सुरक्षा माग्नलाई मन्त्री नै भेट्ने चलनको अन्त्य गर्ने घोषणा पनि गरेका छन्। उनले मिटरब्याज पीडित हुन् वा अरु कुनै पीडित न्याय माग्न काठमाडौंसम्म आउन नपर्ने गरी काम गर्ने बताए।
जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीलाई निर्देशन दिदै गृह प्रशासनको अनुसन्धानमा कसैको पनि दबाब र प्रभावमा पर्नु नहुनेमा उनले जोड दिए। उनले गृह प्रशासनको कामलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने उल्लेख गरे। आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न उनले निर्देशन दिएका छन्।
त्यस्तै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति काम गर्ने पनि बताए। यसअघि गरिएका राम्रा कामहरुलाई निरन्तरता दिने उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment