गरिमा विकास बैंकको ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

डिसी नेपाल
२७ फागुन २०८० २१:५६
8
Shares

काठमाडौं। ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई यस गरिमा विकास बैंक लि.द्वारा ब्लुडायमण्ड सोसाईटीका एलजीबीटीक्यु (LGBTQ)समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको चावहिलशाखाद्वारा आयोजितउक्तकार्यक्रममाउपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिंदै व्यक्तिगतवित्तीयव्यवस्थापन,डिजिटल फ्रडबारे सचेतना,विभिन्नप्रकारका बचत,कर्जाहरु तथा बैंकबाट प्राप्तगर्न सकिने अन्यविभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङ को उपस्थिति रहेको थियो भने गरिमा विकास बैंक लिको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राजभण्डारी,लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल,चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभावपार्ने बैंकले विश्वास लिएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवाप्रदानगर्दै आईरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *