झापामा भगवती प्लाइ उद्योगमा भीषण आगलागी

डिसी नेपाल
२८ फागुन २०८० १०:०६
84
Shares

झापा। झापाको मेचीनगर १५ ज्यामिरगढीस्थित भगवती प्लाइ उद्योगमा भीषण आगलागी भएको छ। सोमबार बिहान सवा ५ बजे आगलागी सुरु भएको हो।

६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा आउन सकेको छैन।

उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीको कारण थाहा हुन सकेको छैन। झापामा प्लाइ उद्योगमा आगलागीका घटना धेरै हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *