२०१४ विश्वकप लिजेन्ड्सले जित्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

डिसी नेपाल
२८ फागुन २०८० १८:३२
28
Shares

काठमाडौं। पारस खड्का नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी ‘एक्स्ट्राटेक लिजेन्ड कप’ को उपाधि जितेको छ। फाइनल खेलमा २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो।

२०१४ विश्वकप लिजेन्ड्सले दिएको १०२ रनको लक्ष्य पछाएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाउदै ८४ रन मात्र बनाएपछि २०१४ विश्वकप लिजेन्ड्सले १७ रनले खेल जितेको हो। यस अघि पहिला ब्याटिंग गर्दै २०१४ विश्वकप लिजेन्ड्स टिमले १० ओभरमा ७ विकेट गुमाउदै १०१ रन बनाएको थियो।

२०१४ विश्वकप लिजेन्ड्सका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिंग गर्दै १२ बलमा ३९ रन बनाएर आउट भएका थिए। त्यस्तै विरेन्द्र शाहले २९, प्रफुल्ल वैद्यले १३ रन बनाएका थिए। त्यस्तै रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिएका थिए भने राजकुमार प्रधान र दिपेन्द्र चौधरीले एक एक विकेट लिएका थिए।

यस अघि आजै सम्पन्न खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेण्डसलाई १६ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ लाइ ५ विकेटले पराजित गरेर फाइनलमा पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.